गणेश आधारभुत विद्यालय भिरकोटको नवनिर्मित भवनको वडा अध्यक्ष काफ्ले द्वारा उद्घाटन

सुजन काफ्ले
पौष , १४
दोलखा। जिल्लाको तामाकोसी गाउपालिका वडा नम्बर १ भिरकोटमा रहेको गणेश आधारभुत  विद्यालयको नबनिर्मित २ वटा ट्रसको भवनको सोहि वडाका वडा अध्यक्ष महेश्वर काफ्लेले उद्घाटन तथा हस्तान्तरण गरेका छन। पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाको सहयोगमा ५ कोठाको २ वटा ट्रसको भवनको सोमबार आयोजित एक कार्यक्रम बिच वडा अध्यक्ष काफ्लेले उद्घाटन तथा हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष काफ्लेलले समाज र देश  सुधार गर्ने हाे भने बिद्यालयलाई सुधार्नु पर्ने बताउदै तिनै तहका सरकारले सामुदायिक विद्यालय सुधारलाई मुख्य प्राथामिकता दिनु पर्ने बताए।
अहिले  कुनै पनि तहका सरकारले यता तिर ध्यान नदिएको भन्दै काफ्लेले भवन वितरणमा पनि पहुँच का अाधार मा वितरण गरिएको आरोप लगाए।
सबै बिद्यालय सुबिधा सम्पन्न प्रयाप्त भवन बनिसक्दा पनि गणेश आधारभुत विद्यालयमा भने जम्मा ५ काेठाकाे ट्रष्ट भवन मात्रै बनेकाेमा आपत्ती जनाउदै वडा अध्यक्ष काफ्लेले पहुँचका आधारमा भन्दा नि आबश्यकता हेरेर विद्यालयका भवनहरु निर्माण गर्नुपर्ने बताए।
आजभोलि हरेक विद्यालयमा प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउदै उनले  भिरकाेटको सम्पति भनैकै बिद्यार्थी रहेकाले गुणस्तरिय शिक्षा दिए समाजको परिबर्तन खोज्न टाढा जानू नपर्ने बताए ।
विद्याालयका प्रधानध्यापक नवराज कार्कीले अझै ४ कोठे भवन बिध्यालयलाइ आबश्यक रहेको बताए। १ सय ४२ जना विद्यार्थीहरुले नियमित अध्ययन गर्ने सो विद्यालय सामुदायिक विद्यालय भित्रको नमुना रहेको सरोकारवालाहरुले बताएका छन् । भवन हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष महेश्वर काफ्ले , आयोजना कार्यन्वयन इकाई शिक्षा दोलखाका इन्जिनियर राजेन्द्र श्रेष्ठ , राजनीतिक दलका प्रतिनिधिहरु , सञ्चारकर्मी लगाएत विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता थियो ।