बलात्कार घटनाको विरोध गर्दै महिला सडक आन्दोलनमा

धनकुटा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न सरकारलाई दवाब दिन महिला अधिकारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । यति लामो समय वितिसक्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै महिला अधिकारकर्मीहरुले गरेको विरोध प्रदर्शनमा उत्रन’ परेको जनाएको छ ।
प्रदर्शनको क्रममा उनीहरुले बलात्कार र हत्यारालाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेका छन् । धनकुटामा क्रियाशील विभिन्न महिला संघसंस्थाहरुको समन्वय र डल्बु डल्बु जे धनकुटा सम्र्पक व्यक्तिको संयोजनमा स्थानीय मदनचौकबाट विरोध ¥याली सुरु भएको थियो । विरोध ¥यालीमा हत्यारालाई फाँसी दे, महिला हिंसा बन्द गर्, अपराधीलाई कारवाही गर् लगायतका नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो । ¥याली नगर परिक्रमा पछि पुन मदनचोक आई विरोध सभा आयोजना गरेको थियो ।
सो विरोध सभामा पूर्व सांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्न लागि रहेको आरोप लगाईन् । उनले सरकारले शान्तिसुरक्षा प्रदान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकि थिईन । यस्तै महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष हिमा चेम्जोङले निर्मलालगायत अन्य महिलाहरुको बलात्कारी तथा हत्यारा यथाशीघ्र पक्राउ गर्न माग गर्दै हत्यारा पक्राउ नपरुन्जेल विभिन्न प्रकारका आन्दोलन जारी रहने बताईन् ।