सडकको हालत यस्तो छ, नेपाल भ्रमणमा बर्षमा कसरी आउलान दोलखामा पर्यटक,

दोलखा।देशभरी नेपाल भ्रमण वर्षको तयारी भइरहेको बेला दोलखाका मुख्य सडकहरु हिलाम्य भएका छन। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन के गर्नुपर्छ भन्ने सुझाव दोलखाका ब्यवसायिहरुको सग लिने हो भने एउटै जवाफ आउछ – ‘यस्ता बेहाल सडक हेर्न पर्यटक आउलान् र ?’सडकको हालत यस्तो छ,यहि सडक बनिदिए हुन्थ्यो ।
पुर्बीय जिल्ला दोलखा पर्यटकीय क्षेत्रमा पछिल्लो समय परिचित हुँदै  जान थालेको छ।कालिन्चोक भगवती मन्दिर पर्यटक रोजाइमा पर्दै गएको बेला नेपाल भ्रमण बर्षमा मन्दिर पुग्न नै कठिन बन्ने देखिएको छ।
लामोसाँघु–चरिकोट  ५५ किलोमिटर सडक हेर्दा यस्तो लाग्छ,धान रोप्न तयार पारेको खेत जस्तो देखिन्छ। गाडी चल्नुको त के कुरा जेसिबीले तानेर यातायातका साधन सडक पार गराउनु पर्ने अबस्था रहेको छ। ४ वर्षअघि यो सडक स्तरोन्नति गर्न सुरु गरिएको हो, तर अहिलेसम्म सडक खनेर छाडिएको छ, बेहाल सडकका कारण काठमाण्डौबाट चरिकोट पुग्न ८/१० घन्टा लाग्ने गरेको छ । 
चरिकोट पुगेपछि कालिन्चोक मन्दिर पुग्ने १७ किलोमिटर को बाटो पनि त्यस्तै छ । कसरी आउछ्न दोलखा पर्यटक ।कसरी पुग्लान कालिन्चोक। चिन्ताको बिषय रहेको चरिकोटका होटल ब्यवसायी पुस्कर अधिकारिले बताए।

नेपालको स्वीजरल्याण्ड मानिने जिरी पनि पर्यटकको रोजाइमा पर्दै आएको छ तर चरिकोट बाट जिरी सम्म पुग्ने ५८ किलोमीटर सडकको अवस्था पनि बेहाल छ। यतिबेला।  , चरिकोट – जिरी सडकमा निर्माण कार्य धमाधम भइरहेको छ। साना सवारी साधन चल्न नै समस्या रहेको स्थानीय ब्यवसायीहरु बताउछ्न।, अर्का प्रयटकिय स्थल शैलुङ अनि खरिढुंगामा पनि पर्यटक जान रुचाउँछन् । तर त्यहाँसम्म पुग्ने सडकको हालत देख्यो भने दिक्क लाग्छ ।
धेरै पर्यटक घुम्ने सूचीमा रहेका दोलखाका पर्यटकीय स्थान खराब बाटोकै कारण ओझेलमा पर्ने र यसले भ्रमण वर्ष सन् २०२० लाई पनि असर पार्न सक्ने जिल्ला बासिको डर छ । यस सडकको जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले र २५ किलोमिटरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएका छन् । लामोसाघु चरिकोट सडकका कारण नै नेपाल भ्रमण बर्षको प्रभाब दोलखामा खासै नपर्ने हो कि जस्तो देखिन्छ।