दलित युवाको हत्या

५ मंसीर २०७७- सुदुरपश्चिम प्रदेश सम्वाददाता- अछाम जिल्लाको रामारोसन गाउपालिका वडा नं ६ भोटाकाटीया पोरीवनमा एक दलित युवा दिपक टमट्टाको हत्या भएको हो ।
गत कार्तिक १९ गते रात्रि घरमा रमाईलो गर्ने योजना वनाएर टमटालाई आफ्नै घरमा वोलाई स्थानिय दल वहादुर सावद लगायतका युवाहरुले निर्घात कुटपिट गरेको आफन्तको भनाई रहेकोछ ।
सामान्य विषयमा विवाद हुदा स्थानिय व्याक्तीको आक्रमण वाट घाईते भएका टमटाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा यहि मंसिर २ गते नै मृत्यु भएको भएपनि विहिवार जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिए पछि मात्र घटना सार्वजनिक भएको हो ।
मृतकका आफन्तहरुले दल वहादुर सावद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डि एस पि योगेन्द्र सिह थापाले वताउनु भयो । जाहेरीमा दिएका व्याक्ति मध्यये कुटपिट गर्ने एक जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।