नरहरिनाथमा निर्माण हुने १५ सैयाकाे अस्पतालकाे विवाद समाधान

कालिकाेट । सरकारले १५ सैयाकाे अस्पताल निर्माण गर्ने भएपछि  विवाद हुँदा  जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा गत असार १ गते स्थानीयद्वारा लगाईएकाे ताला खाेलिएकाे छ । अार्थिक बर्षकाे अन्तिम चरणमा भुक्तानी प्रक्रिया अबरुद्ध हुन नदिनका लागि बुधबार गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टकाे अध्यक्षतामा बसैकाे सर्वदलीय वैठकले ताला खाेल्ने निर्णय गरेकाे हाे ।  साे सर्वदलीय वैठकले नरहरिनाथ गाउँपालिकामा निर्माण गरिने १५ सैयाकाे अस्पताल निर्माण कार्य अगाडि बढाउन यस अघि तयार भएकाे डिपिअार प्रतिवेदन अनुसार उपयुक्त नरहेकाे, high costing & risk रहेकाे लेखी अाएकाेले साेही स्थान वडा नं. ३ स्थित प्रा स्वा के कुमालगाँउमै कार्य प्रक्रिया अगाडि बढाउने र साे विकल्पमा मन्त्रालयकाे पुन परिमार्जन प्रतिवेदन र सुझाव पश्चात् उपयुक्त स्थानमा निर्माण गर्न असम्भव भएमा साे स्थानकाे अासपासमा थप जग्गा लिने र साे स्थानमा पनि असम्भव भएमा गाउँपालिकाकाे अन्यत्र वडाकाे उपयुुक्त स्थानमा साे अस्पताल निर्माणका लागि डिपिअार गरि गराई टेन्डर प्रक्रिया अगाडि बढाउनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरिएकाे जनाईएकाे छ । साथै साे सर्वदलीय बैठकले अस्पताल निर्माणका लागि उत्पन्न विवाद समाधान गर्न सम्बन्धित मन्त्रालयमा पहल कदमीका लागि नर बहादुर बाेगटीकाे संयाेजकत्वमा ५ सदस्यीय तदर्थ समिति समेत गठन गरेकाे छ । जसमा वडा टक्क बिष्ट, मीन बहादुर बाेगटी, गणेश बुढा र नबराज उपाध्याय साे समिति सदस्यमा रहेका छन् । उक्त समितिले १५ दिन भित्र साे समस्या समाधानका लागि गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरिएकाे जनाईएकाे छ ।