नमुना बस्ती निर्माण हुदै नरहरिनाथ गाउँपालिकामा

१५ असार २०७७/-कालिकाेट , नरहरीनाथ गाउँपालिका स्थीत वडा न‌ ६ र ७ मा पर्ने रुप्सा  भाडगाउँ माल्काेट खाति रुप्सामा का ५० घरधुरी मा एकिकृत नमुना वस्ती निमाण हुने भएका छन् ।

गत वर्षकाे अविरल वर्षाका कारणले वस्ती नै जाेखीममा परी समुदायकाे उठीवास समेत भएकाे हुदाँ प्रदेश सरकारको १ करोड ७० लाख काे वजेट द्धारा ५० घर यो वर्ष निर्माण हुने भएका छन ।

नरहरीनाथ गाउँपालिकामा वन्ने एकिकृत नमुना वस्ती सुखुरखाल भन्ने ठाउँमा निर्माण हुने भएकाे छ । अवकाे नयाँ वस्तीमा वाडी पहीराे भुछ्य जस्ताे समस्यावाट वन्चीत हुने र सहज तवरले समुदाय जिवन निर्वाह गर्ने कुरा गाउँपालिका अध्यक्षकाे दावी रहेकाे छ ।

नरहरीनाथ गाउँपालिकाले नमुना वस्ति लगाएतकाे विभन्न खालका विकासका गतिविधीहरु निरन्तररुपमा स‌चालन गदै अाइरहेकाे छ । पालिकाले जिल्लाकै एक मात्र विमान स्थल सुनथरालि पिज गर्ने, खुलालु देखी लालु माल्काेट हुदै पालिका सम्म सडक निर्माण, लालिघाट देखी पालिका सम्मकाे सडक विस्तार ,एक घर एक धाराे निर्माण, पालिका लाइ छुवाछुत मुत्त पालिका घाेषणा लगाएतका एेतिहासीक कामहरु स‌म्पन्न तथा स‌चालन गरेकाे छ ।

नरहरीनाथ गाउँपालिका कालिकोट जिल्लाको एक नमुना विकासउन्मुख पालिकाको रुपमा कालिकोट जिल्लामा सुपरचित हुन पुगेको स्थानिय हरुको भनाई समेत रहेको छ ।