१० सैयाकाे अस्पताल सँचालन गर्याे तिलागुफा नगरपालिकाले

कालिकोट -जिल्लाको तिलागुफा नगरपालिका ले संघिय सरकारले चालु आर्थिक वर्षमा नगरपालिका लाई अस्पताल निर्माण गर्न योजना तर्जुमा गरी कार्यान्वयमा नल्याएको हुदाँ पालिकाले आफ्नै लगानिमा १० सैयाको अस्पताल संचालनमा ल्याएको छ ।

मानव जिवनको स्वास्थ्य अत्यन्तै सम्वेदनशिल भएको हुदाँ संघिय सरकारले वजेट विनियोजित नगरी पालिका लाई पुर्वाग्रही तवरले हेरेको हुदाँ पालिका को आफ्नै लगानिमा दश सैयाको अस्पताल संचालनमा ल्याएको स्थानिय जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।

दश सैयाको अस्पताल कडा मिहिनेतका साथ संचालनमा ल्याएको र हाल मानवसंसाधनको केही अभाव रहेको हुदाँ संघीय सरकार संग पहल गर्ने नगरपालिका मेयर रतन वहादुर शाहीले जानकारी दिनुभएको छ ।

शाहीका अनुसार यसै वर्षमा मानव संसाधानको र्पुण रुपमा व्यावस्थापन गरेर अस्पताल लाई पुर्णरुपमा कार्यान्वयनमा ल्याएर सेवा प्रवाह गर्ने कुरा साझा मिडीया लाई वताउनु भएको छ ।