विकासको लागी युवाको भूमिका अपरीहार्य-अध्यक्ष बम

१७ असार २०७८/- वढ्दै गरेको युवा वेरोजगारीको समस्या समाधानका लागी तथा विकास निर्माणका कामहरु लाई गतिशिल वनाउन का लागी युवाहरुको भुमिका अपरीहार्य रहेको पलाता गाउँपालिका अध्यक्ष लक्षमण वमले वताउनु भएको छ ।


अध्यक्ष वमका अनुसार पालिका स्तरका हरेक विकास निर्माणका गतिविधिहरु लाई एक उदाहरणीय रुपमा कार्यान्वयन गर्नका लागी सम्पुर्ण वडाका सशक्त युवाहरुको अनिवार्य सहभागी हुनुपर्ने वताउनु भएको छ ।

विकास निर्माणका हरेक गतिविधिहरुलाई सशक्त तरिकाले अघाडी वढाउनका लागी सम्पुर्ण वडाका युवाहरुले अनिवार्यरुपमा विकास निर्माणमा सहभागी हुनुपर्ने र उनिहरुको रोजगारी स्वत सिद्धहुने कुरा वताउनु भएको छ ।

हाल पलाता गाउँपालिकामा विकास निर्माणमा युवाहरुको सक्रिय सहभागीता भएको कारण ले धेरै जस्तो वडामा सडक विस्तार भएको र आगामि एक वर्षभित्र सम्पुर्ण वडामा सडक विस्तार गरेर जुम्ला तथा वाजुरा जिल्लको सिमानामा जोडिने गरेर सडक विस्तार गर्ने पालिका अध्यक्ष वमको लक्ष्य रहेको छ ।

समुदायमा रहेका वेरोजगार सिपमा दक्षता भएका युवाहरुलाई पालिका स्तरमा साना तथा घरेलु उद्योग तथा उद्यम संचालन गर्न लगाएर गरिवी न्युनिकरण सम्वन्धिका क्रियाकलाप संचालन गर्ने पालिका अध्यक्षकाे योजना रहेको छ ।