जापानामा अध्ययनरत विष्णु रोकाया मार्फत रास्कोट अस्पताललाई नगद सहयोग

१८ असार २०७८/-कालिकाेट, कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ५ सेराचौर निवासी वल वहादुर रोकायाका छोरा विष्णु रोकायाले रास्कोट अस्पताललाई नगद सहयोग गर्नु भएको छ ।

जापानको नागासाकी वयसल्यान विश्वविद्यालयमा अध्यनरत रोकायाले नेपालमा वढ्दो क्रममा रहेको कोरोभाईरस कोभिड १९ को माहामारी प्रतिकार्यका लागी रास्कोट वासी आम जनसमुदायहरु लाई राहत होस मान्यताका साथ आफ्नो साझ विहानको गास काटेर ५८ हजार ९ सय ५५ रुपैया सहयोग गर्नु भएको छ ।

रोकाया मार्फत सहयोग गरीएको रकम उनका वुवा वल वहादुर रोकाया द्धारा अस्पतालका व्यावस्थापक ,प्रमुख डाक्टर भोजराज वम तथा जनप्रतिनिधिको रोहवरमा सहयोग रकम हस्तारण गरीएको नगरपालिकाका उपमेहर मिमसरा वमले वताउनु भएको छ ।

वमका अनुसार विश्वलाई नै आक्रान्त पारेको कोरोना माहामारी को अवस्थालाई मध्यनजर गरी रास्कोट वासी कोरोना पिडित आमावुवा तथा दिदिवहिनि र दिनदुखी लाई गास काटेर भए पनि सहयोग गर्नुभएको हुदाँ पालिकाको तर्फ वाट हार्दिक आभार समेत प्रकट गर्नुभएको छ । उहाँका अनुसार रास्कोट अस्पताल लाई सहयोग गर्ने सम्र्पुण संघ सस्था, मनकारी व्याक्तिहरु लाई समेत हार्दिक आभार सहित धन्यवाद सहित थप सहयोगकाे अपेक्षा समेत प्रकट गर्नुभएको छ ।