युवा लाइ राेजगारी सृजना गर्याे मुख्यमन्त्रि रोजगार कार्यक्रमले

२० असार २०७८कालिकाेट/- कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा मुख्यमन्त्रि रोजगार कार्यक्रमका संरचनाहरु प्रभावकारि बन्दै गएको छन् ।

समुदाय स्तरमा बिकासको गतिले तिव्रता पाई सडक, गारेटो वाटो, सिचाई कुलो लगायतका विकास निर्माणका कामहरु संचालन भई वेरोजगार युवाहरु लाई रोजगारिको अबसर समेत पालिकाले सृजना गरेको हुदाँ स्थानियहरु युवाहरुको खुसि भएका छन् ।

पालिकामा संचालन भएका गतिविधिहरु मध्ये मुख्यमन्त्रि रोजगार कार्यक्रम का गतिविधि अझै प्रभावकारी रहेको स्थानियको भनाई रहेको छ ।

मुख्यमन्त्रि रोजगार कार्यक्रम मार्फत पालिका स्तरमा रहेका ससक्त युवाहरु ले रोजगारी पाएका र उनिहरु मार्फत तयार भएका संरचनारु प्रभावकारी वन्ने र दिर्घकालिन रुपमा टिक्न सक्ने कुरा रोजगार कार्यक्रम संयोजक मदन तिरुवाले वतााएका छन्।

तिरुवाका अुनसार पालिका स्तरका हरेक वडा मा मुख्यमन्त्रि रोजगार कार्यक्रम संचालन भएकाे र वडा स्तरमा विकासको मुहार फेर्नेगरी कार्यक्रमको प्रतिफल रहेको वताएका छन् ।

गाउँपालिकाकाे वडा नं. १ को रेगिल देखि चौके सिमलरुख सम्मको सकड स्तरउन्नतिको कामले निकै फड्को मारेको र दैनिक ९० जना भन्दा वढि वेरोजगार युवाहरुले रोजगारी प्राप्त गरेकाे मुख्यमन्त्रि राेजगार स‌याेजक तिरुवाले वताएका छन् ।

बिभिन्न संघसंस्था केन्द्र,प्रदेश र स्थानिय तहसम्मको बजेटलाई उपयुुक्त ठाउँमा प्रयोग गरी जनमुखि बिकासका योजनाहरु तय गरि हरेक नागरिकलाई रोजगार उन्मुख बनाउने गाउँपालिका अध्यक्ष डम्बर बहादुर रणनिति रहेकाे छ ।