व्रेक फेल भएर जिप र्दुघटना हुदाँ घटना स्थलमै एकको मृत्यु ४ जना घाईते

२२ असार २०७८ कालिकाेट/-कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ६ स्थित क्वारन्टाइन नजिकै कालापानि खोलामा क १ ज २३ नम्वर जिपको व्रेक फेल हुदाँ र्दुघटना भएको छ ।

जिप विहान ७ वजे तिर सेरा वजार देखी लालिघाट वजार जाने क्रममा रोहोटेपानि खोलामा व्रेक फेल हुदाँ दुर्घटना भइ रास्कोट नगरपालिका वडा नं २ निवासि ३६ वर्षिया पम्फा फडेरा को घटना स्थलमै मृत्यु भएको छ ।

घटनाको क्रममा रास्कोट नगरपालिका वडा नं १ निवासी वर्ष ४० का ध्वज वहादुर शाही, वर्ष ४७ का कविराज न्यौपाने, वर्ष ३४ की मैया शाही र वडा नं ३ निवासी चक्र नाथ योगी घाईते भएका छन् ।

उनिहरुको उपचारका लागी जिल्ला अस्पताल मान्मा लगीएको ईलाका प्रहरी कार्यालय रास्कोट ले जनाएको छ ।
यो विपत कालिन अवस्थामा पिडित परीवार लाई उचित राहत तथा घाईतेहरु लाई उपचारका लागी सहयोग गर्न अपिल गरीएको छ ।

दुर्घटना भएकाे जिपमा ७ जना यात्रु सवार रहेका थिए ।