प्लान तथा किर्डाक नेपालको सहयोगमा जिल्ला स्वास्थ्य सेवा कार्यालय, कालिकोट लाई समाग्री हस्तान्तरण

३ भदाै २०७८ कालिकाेट/- प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोट लाई कोभिड १९ प्रतिकार्य स्वास्थ्य समाग्री एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीएको छ ।

कार्यक्रम जिल्ला विपत व्यावस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आर्चायको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहिको प्रमुख अथितित्यता र जिल्ला स्वास्थ्य सेवा कालिकोटका व्यावस्थापन डा. रत्नविर सुनार, कटक वहादुर महत, प्लान नेपालका क्षेत्रिय व्यावस्थापक मिना पराजुलि, हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाही , सादा नेपालका कार्यकारी निर्देशक असोक नाथ योगी, प्रत्रकार महाँसघका अध्यक्ष भरत विष्टको अतिथित्यतामा कार्यक्रम संचालन गरीएको किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले वताए ।

संयोजक पाण्डेका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यलय कालिकोट लाई अक्सीजन कन्सनटेटर ५ लिटरको ३ थान र १० लीटरको एक थान, अक्सीजन सिलन्ड ९ थान, वेड ३ थान, एन्टीजेन टेस्ट किड १०० थान, अक्सीमीटर ३० थान, र्सजीकल माक्स ४००० थान, एन ९५ माक्स १२० थान, सेनीटाईजर ५०० एम एल १०० वोटल, फेस सिल्ड २०० थान, सर्जिकल ग्लोव्स २७५० थान, ग्वान ५० थान, पि पि सेट ६० थान, आइ आर अक्सीमिटर १० थान, डिसइन्फेक्सन स्प्रे ट्यांकी २ थान, क्लोलिन झोला १० लीटरको २० ग्लान, हेन्डवास लिकुइट २० थान, हाईजिनीक किड २५ थान, डिगीनिटी किड २० थान, विरामि वेड सेट ४० थान समागीहरु हस्तान्तरण गरीएको वताएका छन् ।

सहयोग गरीएको स्वास्थ्य समाग्रीहरु ११ लाख ६१ हजार ८ सय ९९ रुपैया वरावर सहयोग गरीएको र विगतका दिनहरुमा पनि कालिकोट जिल्लाका आम नागरीकहरु लाई कोरोना माहामारीको समयमा कोभिड १९ प्रतिकार्य तथा प्रति रक्षाका लागी जिल्लाका धेरै पालिकाहरुमा स्वास्थ्य समाग्री लगायताका विभिन्न राहत खाध्य समाग्रीहरु प्लान तथा किर्डाक नेपाल मार्फत सहयोग गदै आईरहेको छ ।

समाग्रीहरु हस्तान्तरण प्लान ईन्टर नेश्नल नेपालका प्रदेश व्यावस्थापक मिना पराजुलि र किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे द्धारा जिल्ला विपद व्यावस्थापन समितिका संयोजक कृष्ण प्रसाद आर्चाय मार्फत जिल्ला स्वास्थ्य सेवा कार्यलय कालिकोट लाई हस्तान्तरण गरीएको थियो ।