प्रदेश स्तरीय परीयोजना समापन कार्यशाला गोष्ठी सम्पन्न ।

१५ असार २०७९,सुर्खेत/- कर्णालि शिक्षा परीयोजना को प्रदेश स्तरीय परीयोजना समापन कार्यशाला गोष्ठी कर्णालि प्रदेशको राजधानि विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा संचालित कर्णालि शिक्षा परीयोजना सन २०१९ जुलाई देखी कर्णालि प्रदेशका ३ वटा जिल्ला डोल्पा, जुम्ला र कालिकोटमा संचालन भई सन् २०२२ जुन मा करीव ३७ महिना पछि परीयोजना सम्पन्न भएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द वहादुर शाहीले वताएका छन् ।

कार्यकारी निर्देशक शाहीका अनुसार परीयोजना विशेष गरेर ग्रामिण क्षेत्रका सामुदायिक विद्यायको भौतिक संरचनाको विकास, शैक्षिक सुचना व्यावस्थापन,शैक्षिक योजना निर्माण, विद्यालय विपद व्यावस्थापन, जनस्वास्थ्य लगायत, शैक्षिक सचेतना मुलक कार्यहरु परीयोजना संचालित क्षेत्रमा कार्य संचालन गरेको वताएका छन् ।

परीयोजना ले कालिकोट, जुम्ला र डोल्पा जिल्लाका ८ वटा पालिकाका ८० वटा सामुदायिक विद्यालयमा कार्य संचालन गरेको र विद्यालयका ४२० जना शिक्षकहरु, २३३९२ जना विद्यार्थि, २६३०० जना अभिभावक, ७८० जना विद्यालय व्यावस्थापन समिति तथा अभिभावक संघका प्रमुख तथा प्रतिनिधि र ११० जना जनप्रतिनिधिहरु परीयोजना वाट प्रत्यक्ष लाभान्वीत रहेको प्लान इन्टरनेश्नल नेपालका कर्णालि शिक्षा परीयोजना शिक्षा विशेषज्ञ दिपेन्द्र सिह सामान्त ले जानकारी दिएका छन् ।

शिक्षा विशेषज्ञ सामान्तका अनुसार कालिकोट जिल्लामा ३ वटा विद्यालय भवन तथा ९ वटा अपांग तथा वाल मैत्रि शौचालय निर्माण, डोल्पामा २ वटा विद्यालय भवन तथा २ वटा अपांग तथा वाल मैत्रि शौचालय निर्माण, र जुम्ला जिल्लामा ३ वटा विद्यालय भवन तथा ६ वटा शौचालय निर्माण कार्य सम्पन्न भएको, ८० वटा विद्यालयमा आर्कषण कक्षा कोठा व्यावस्थापन भएको, पालिका स्तरमा ५ वर्षिय तथा प्रदेश स्तरमा १० वर्षिय शैक्षिक रणनिति निर्माण भएको , सम्पुर्ण विद्यालयमा शैक्षिक अध्ययन समाग्रीहरुको व्यावस्थापन भएको, लैगिक रुपान्तरणीय शिक्षण सिकाई भएको र ८० वटै विद्यालयका शैक्षणीक सुचना व्यावस्थापन सम्वन्धी सम्पुर्ण शिक्षकहरु दक्ष भएको र आगामि दिनमा सहज तवरले काम गर्न सक्ने जनशक्ती उत्पादन भएको र जसका कारण आगामि दिनमा र्दिघकालिन तवरले विद्यालयका हरेक गतिविधिहरु निरन्तर रुपले चल्न सक्ने वातावरणको सिर्जना भएको कुरा वताएका छन् ।

परीयोजना सम्पन्न कार्यशाला गोष्ठि प्लानइन्टरनेश्नल नेपाल र कर्डाक नेपालको आयोजना तथा सामाजिक विकास मन्त्रालय कर्णालि प्रदेशको समवन्यमा संचालन गरीएको थियो भने कार्यशालामा सामाजिक विकास मन्त्रालयका मन्त्री तथा मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यलयका सचिव, मानव संसाधन विकास कार्यलयका प्रमुख तथा प्रतिनिधि तथा शिक्षा निर्देशानलयका प्रमुख तथा प्रतिनिधि, प्लान तथा किर्डाक नेपालका प्रवन्धक तथा कार्यकारी निर्देशक, परीयोजनाका विभिन्न तहका कर्मचारीहरुको सहभागीतामा संचालन गरीएको परीयोजना श्रोतले जनाएको छ ।