रास्कोटमा संचालन भयो मेयर हेल्थ केयर सेवा । जनतामा छायो खुसियालि ।।

२८ असार २०७९,कालिकोट

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले हरेक टोलटोलमा मेयर हेल्थ केयर स्वास्थ्य सेवा सुरु गरेको छ ।

नगरपालिकाका का सवै नागरीकहरु लाई स्वास्थ्य सेवामा सहज पहुचँ विस्तार गर्नका लागी हरेक टोल टोलमा एम वि वि डाक्टर सहितको सेवा सुरु गरेको छ ।

सेवा सुरु गर्ने क्रममा पालिकाको वडा नं ९ स्थित थोल्म टोल वाट मेयर हेल्थ केयर सेवा आज एक औपचारीक कार्यक्रमको आयोजना गरेर संचालन गरेको रास्कोट नगरपालिकाका मेयर र्धमराज शाही (पोषण) ले जानकारी दिएका छन् ।

मेयर शाहीका अनुसार यो सेवा पालिकाका हरेक टोलटोलमा संचालन गर्ने रास्कोट नगरपालिका कुनै पनि नागरीकले विरामि भएर सिटामोल सम्म नपाउने वाध्यतावाट मुक्त गर्ने र स्वास्थ्य सेवामा सहज पहुचँ पुर्याउने वताएका छन् ।

पालिका स्थित एक मात्र अस्पताल रास्कोट अस्पतालमा पुग्न लाइ अफ्ट्यारोमा परेका ७० वर्ष भन्दा माथिका विरामिहरु लाई घरघरमा स्वास्थ्य सेवा संचालन गर्ने र उनिहरुलाई सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउने असक्तलाई सहज सेवा प्रवाह गर्ने कुरा वताएका छन् ।

मेयर हेल्थ केयर सेवामा दम, प्रेरेसर, सुगर रोगको उपचार गर्नुको साथै गर्ववति महिला चेकजाच उपकरणको माध्याम वाट चेकचाज अर्थात भिडियो एक्सरे गर्ने सेवाहरु प्रदान गरेको रास्कोट अस्पतालका डाक्टर भोज राज वमले वताएका छन् ।

डाक्टर वम का अनुसार रास्कोट अस्पतालको पहुँच भन्दा वाहिर रहेका रास्कोटी जनता र आसपासमा रहेका सान्नित्रिवेणी र पचालझरनाका जनतालाई समेत यस कार्यक्रमले लक्षित गर्ने कुरा वताएका छन् ।

उनका अनुसार वडा नं ९ स्थित थोल्ममा संचालित मेयेर हेल्थ केयर स्वास्थ्य सिविर ले पचाल झरना गाउपालिकाका २१ जना विरामिहरुले सेवा पाएको समेत वताएका छन् ।

रास्कोट नगरपालिकाको सरकारमा मेयर मा र्निवाचित र्धमराज शाही (पोषण) र उपमेयर मा र्निवाचित मनिराज वरालको दुइ महिना भित्रको प्रगतिको पाइलामा एक प्रभावकारी कार्यक्रमको रुपमा मेयर हेल्थ केयर भएको स्थानिय मानविरे सुनार ले वताएका छन् ।

सुनारका अनुसार चुनावताका गाउँमा आएर धर्मराज शाही पोषण र मनिराज वराले हामि लाई भोट माग्न आउदा दिएको प्रतिवद्धता आज पुरा गरेर गएका छन् । यो लगाएत गाउ गाउमा स्वच्छ खाने पानि, सडक वत्ती र वडामा घटना अनलाइन दर्ता सिविर हरु संचालन गरेर सेवा प्रवाह गरेको हुदा निकै खुसि भएको वताएका छन् ।