रास्कोटमा मेयर हेल्थ केयर कार्यक्रमको निरन्तरता, जनताको स्वास्थ्यमा पहुँच सुनिश्चतता

१३ साउन २०७९, कालिकाेट

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले मेयर हेल्थ कार्यक्रम निरन्तरतामा ल्याएको छ ।

रास्कोट नगरपालिका सम्पुर्ण नागरीकको स्वास्थ्यमा पहुचँ सुनिश्चतताका लागी संचालन गरीएको मेयर हेल्थ कार्यक्रम नगरपालिकाको वडा नं ८ मा आज एक कार्यक्रमको आयोजना गरेर संचालन गरीएको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही (पोषण) ले जानकारी दिएका छन् ।

मेयर शाहीका अनुसार सवै भन्दा जटिल र सम्वेदनसिल विषय भनेको स्वास्थ्य भएको हुदाँ हेरक नागरिकको स्वास्थ्य क्षेत्रलाई ख्याल पुर्याएर मात्र हरेक विकास गर्न सकिने भएकोले नागरीकको स्वास्थ्य पहिलो प्रथामिकतामा राखेर हरेक कृयाकलापहरु संचालन गर्नै कुरा वताएका छन् ।

उनले थपे राष्ट्र निर्माण गर्न हरेक स्वच्छ नागरीकको खाचो पर्दछ नागरीक नै अस्वच्छ भए स्वच्छ राष्ट्रको कल्पना गर्न सकिदैन त्यसर्थ हरेक नागरीकको स्वास्थ्यको विषयलाई ध्यान नदिएर अन्य जति पनि काम कुरा गरेर साध्य नहुने कुरा व्याक्त गरेका छन् ।

मेयर शाही ले निर्वाचनमा आफुले गरेका हरेक प्रतिवद्धता लाई सय प्रतिसत नै कार्यन्वयन गरेर जान प्रयत्नसिल रहेको र यदि पालिका मार्फत गर्न नसिकने काम कार्यहरु प्रदेश संघ र विभिन्न गैसस मार्फत कार्यन्वयन गरेरै छाड्ने कुरा वताएका छन् ।

स्थानिय सरकार होम डेलिभरी सरकार भएको हुदाँ हरेक नागरीक संग जोडिएका विभिन्न सरोकारका विषयहरु लाई आफ्नो कार्यकालको पुर्ण अवधिभर हरेक सेवा सुविधाहरु हरेक नागरीकको घरघरमा पुर्याएर स्थानिय सरकार स्थानिय जनताको भएको अनुभुति दिएर छाड्ने कुरा समेत व्यक्त गरेका छन् ।

यस अघि रास्कोट नगर सरकारले गाउँगाउँमा घटना दर्ता अभियान संचालन गरीसकेको छ भने सामाजिक सुरक्षा भत्ता समेत गाउँ गाउँमा वैकीङ्ग सेवा मार्फत वितरण गर्नै र समुदाय लाई पालिका सम्म आउनुपर्ने झन्झटवाट मुक्त गर्ने अभियान संचालन गर्ने कार्ययोजना रहेको कुरा समेत नगर प्रमुखले जानकारी दिएका छन् ।