१९ साउन २०७९, कालिकोट

विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण अहिले कालिकोट जिल्लामा पनी रहेको छ ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका र खाडाचक्र नगरपालिकामा कोरोनाको प्रभाव निकै वढेको स्वास्थ्य सेवा कार्यलय कालिकोटका सुचना अधिकारी कटक वहादुर महतले जानकारी दिएका छन् ।
सुचना अधिकारी महतका अनुसार कालिकोट जिल्लामा गत २४ घण्टामा ५ जना कोरोना संक्रमित भएका छन् भने रास्कोट नगरपालिकामा २ जना र खाडाचक्र नगरपालिकामा ३ जना रहेको वताएका छन् ।
सक्रमितको अवस्थालाई हेर्नेहो भने शुरु देखि हाल सम्म कालिकोट जिल्लामा २६३५ जना संक्रमितमा २६१० डिस्चार्ज भएको र ७ जनाको मृत्यु हुनुको साथै हाल आइसोलेसनमा १८ जना सक्रिय संक्रमितको उपचार भइरहेको जनाएको छ ।
कोरोनाको संक्रमण देशका विभिन्न भागमा फैलिनुको साथै कालिकोट जिल्लामा पनि बढ्दो क्रम भएकाले जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन हुन स्वास्थ्य सेवा कार्यालय कालिकोट मार्फत जनहितका लागी विज्ञप्ती समेत जारी गरीएको छ ।
विज्ञप्तीको पुर्ण पाठ