स्थानिय तहका प्राविधिक कर्मचारीहरुका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

२० साउन २०७९ कालिकाेट

कालिकोट जिल्लाका नौ वटै स्थानिय तहका प्राविधिक कर्मचारीहरुका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रम पालिका स्थित प्राविधिक साखामा प्रमुख जिम्मेवारी रहेर काम गरीरहेका प्राविधिकहरु लाई मनसुनजन्य विपद प्रभावित निजि आवास पुनर्निमाण तथा पुर्नस्थापन कार्यक्रममा सुव्यवस्थित तवरले काम कार्य संचालन गर्नका लागी अभिमुखीकरण कार्यक्रम संचालन गरीएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार हरेक पालिकामा संचालन गरीएको निजि आवास पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान मार्फत संचालन गरीएका सम्पुर्ण क्रियाकलापहरुको विवरण सुव्यवस्थीत व्यावस्थापन गर्नका लागी राष्टिय विपद व्यावस्थापनको कोवो टुलमा तथ्यांक अपडेट र पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ को विषयमा सहभागीहरु लाई अभिमुखीकरण गरीएको वताएका छन् ।

सहभागी प्राविधिकहरु लाई कार्यविधि २०७७ को दफा ३ अनुसार लाभग्राहि पहिचाहनका लागी अनुसुचि ३ को फारम लिपिवद्ध तवरले पहिचाहनका आधारमा भरेर पिडित को नागरीकता लालपुर्जा वडा कार्यलयको सिफारीस तथा पालिकाको निर्णय र प्रहरी मुचुल्काको आधारमा लाभग्राहिलाई रकम प्रदान गरीने कुराको समेत जानकारी दिएको वताइएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार मनसुनजन्य विपत तथा आवास पुर्ननिर्माण कार्यमा स्थानिय निकायका प्राविधिकहरुलाई थप जिम्मेवारी दिएर पठाइएको हुदाँ उनिहरुलाई पालिका मार्फत थप सेवा सुविधा प्रदान गरीदनका लागी अनुरोध गर्नुको साथै यस कार्यमा काम गर्ने विकास साझेदार संघसस्थाहरु लाई दोहोरापना नहुने गरी सहयोग गर्न आएको खण्डमा सहयोगका लागी वाटो खुला रहेको कुरा वताएका छन् ।