पार्वती सिँह संज्याल द्धारा निःशुल्क स्वास्थ्य सिविर संचालन

२३ साउन २०७९ कालिकाेट

कालिकोट जिल्ला सान्नि त्रिवेणी गाउपालिका उपाध्यक्ष पार्वति सिँह संज्याल द्धारा वडिमालिका जाने तिर्थ यात्रिहरुका लागी निशुल्क स्वास्थ्य सिविर संचालन गरीएको छ ।

वडिमालिका जाने तिर्थ यात्रिहरुलाई उकालो चड्दा अक्सीजनको कमि भई लेक लाग्ने समस्या लगायत विभिन्न स्वास्थ्य समस्या आउने भएको हुदाँ उक्त समस्या लाई समाधान गर्नका लागी निशुल्क स्वास्थ्य सिविर संचालन गरीएको सान्नित्रिवेणी गाउपालिका उपाध्यक्षले वताएका छन् ।

उपाध्यक्ष संज्यालका अनुसार वडिमालिका धार्मिक स्थल तथा त्रिवेणी पाटन वयालिस सय मिटर भन्दा वढि उचाई रहेको हुदाँ उक्त ठाउँमा यात्रा गर्ने तिर्थ यात्रिहरु लाई स्वास्थ्यमा निकै समस्या आएर छटपटाउनु पर्ने र उपचार हुने कुनै ठाउँ नभएकोले निशुल्क स्वास्थ्य सिविर संचालन गरीएको जानकारी दिएका छन् ।

वाजुरा जिल्लाको सिमानामा पर्ने वडीमालिका मन्दीर निकै चर्चित र सौन्र्दर्यले भरीपुर्ण स्थान भएको हुदाँ नेपालका अधिकांस जिल्ला तथा नजिकको छिमेकी देश भारत वाट पनि तिर्थ यात्रु दर्शन गर्न आएको पाइन्छ ।