सान्नि त्रिवेणी गाउँपालिकामा वृहत सांस्कृतिक महोत्सव सुरु

२७ साउन २०७९,कालिकोट

सान्नि त्रिवेणी गाउँपालिकाको सांस्कृतिक महोत्सव २०७९ आज एक औपचारीक कार्यक्रमको आयोजना गरेर मुम्रामा सुरु भएको छ । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटन पुर्वाधार, सान्नि त्रिवेणी गाउँपालिका समृद्धिको मुख्य आधार भन्ने मुल नाराका साथ आज वाट सांस्कृतिक महोत्सव सुरु भएको छ ।

सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष नरपती तिरुवाको अध्यक्षतामा संचालन भएको सास्कृतिक महोत्सवको प्रमुख अतिथि सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी ( महेश ) रहेका थिए भने विशिष्ट अतिथिमा नेकपा क्रान्तीकारी माओवादिका केन्द्रीय सदस्य कर्ण बहादुर विसी नेकपा माओवादि केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य तथा अनेमसंघ कालिकोटकी अध्यक्ष मिठ्ठु शाही बम (शैलजा) उपश्थिति रहेको थियो । विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरु लगायत स्थानिय कलाकारहरुको सभागीता रहेको थियो ।

बडिमालिका मेलाको अवसर पारेर सान्नि त्रिवेणी गाउँपालिकाले सास्कृतिक महोत्सवको आयोजना गरेको गाउँपालिकाका प्रबक्ता रंगलाल देवकोटाले जानकारी दिएका छन् । सान्नि त्रिवेणी गाउँपालिकामा लुकेर रहेका तथा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न कला गला तथा सांस्कृतिलाई पहिचान गराउनका लागि र लोक संस्कृतिको जगेर्ना गर्नका लागि महोत्सवको आयोजना गरिएको प्रबक्ता देवकोटाले बताए ।
कार्यक्रमको उद्देश्य वारे प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहीले प्रस्ट पारेका थिए भने स्वागत मन्तब्य लोपोन्मुख अवस्थामा रहेको मारुनि नाच मार्फत स्वागत गरिएको थियो । कार्यक्रममा वोल्दै माओवादि केन्द्रकी प्रदेश कमिटि सदस्य महिला नेत्रृ मिठ्ठु शाही बम (शैलेजा) ले विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, भौतिक संरचना मात्र नभएर सामाजिक र धार्मिक संस्कृतिको जगेर्ना गर्नु पनि आवश्यक रहेको बताएकी छन् ।

नेकपा क्रान्तीकारी माअ‍ोवादिका केन्द्रीय सदस्य कर्ण बहादुर विसीले मुम्राको पहिचान जोगाउनका लागि पनि यो महोत्सव कोशेढुंगा सावित हुने बताए । उनले पालिकाका हरेक गतिविधि तथा हरेक कार्यक्रमहरु विकास र जनतामुखि हुनेमा आफु विश्वस्त रहेको बताए ।
सान्नि त्रिवेणी गाउँपालिकाको प्रसिद्ध पर्यटकिय स्थल त्रिवेणी पाटन सान्नि त्रिवेणी गाउँपालिकाको क्षेत्रमा पर्छ भन्ने सन्देश प्रवाह गरेको गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी ( महेश )ले बताए । उनले भने, प्रसिद्ध धार्मिक स्थल भित्र पर्ने त्रिवेणी पाटन सान्नि त्रिवेणी गाउँपालिकाको क्षेत्रमा पर्छ भन्ने पहिचान दिन सफल भयौँ । हजारौ भक्तजनहरुलाई यसको दायित्व सान्नि त्रिवेणी गाउँपालिकाको हो भन्ने जानकारी गराएका छौ । कर्णाली प्रदेशको सहयोगमा त्रिवेणी नदिमा ७ करोडको लागतमा मन्दिर तथा अन्य भौतिक संरचना बनाउने गरि काम सुरु भईसकेको बताए । लोप हुन गइरहेका विभिन्न कला र संस्कृतिको जगेर्ना तथा पहिचान गर्नका लागि बडिमालिका मेलाको अवसर पारेर सास्कृतिक महोत्सवको आयोजना गरिएको अध्यक्ष केसीले बताए ।

२९ गते सम्म संचालन हुने सास्कृतिक महोत्सवमा मारुनि नाच, देउडा खेल , हुड्के नाच, झोडा मागल, एकल गायन, ठाडि भाका, उचेडा, भारी खेल, वालो नाच, खुकुरी नाच, लगायतका स्थानिय सस्कृतिक कलाको प्रर्दशन गरिने गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रमको संचालन वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता रंगलाल देवकोटाले संचालन गरेका थिए ।