सान्नी त्रिवेणी गाउँपालिकाद्वारा सामुदायिक विद्यालय, स्वास्थ्य चौकि र वडा कार्यालयको अनुगमन

३१ साउन २०७९ कालिकोट

सान्नी त्रिवेणी गाउँपालिकाले सम्पुर्ण वडा कार्यलय, सामुदायिक बिद्यालय, स्वास्थ्य संस्था, वाढीपहीराे र खानेपानिको अनुगमन थालेको छ ।

सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेश ) गाउँपालिका प्रवक्ता रंगलाल देबकोटा, वडा नं ९ का अध्यक्ष नरपती तिरुवा , वडा नं ८ का अध्यक्ष नौलाशिंह बुढा, वडा नं ७ का अध्यक्ष जय प्रसाद सिम्खाडा कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागितामा वडा न ७, ८ र ९ मा रहेका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चाैकी,वाढीपहीराे र खानेपानिकाे हालकाे अवस्थाकाे अनुगमन गरिएको गाउँपालिमा प्रवक्ता रंगलाल देवकोटाले जानकारि दिएका छन् ।

कसैको रिपोर्टको भरमा नपरेर आफै पालिकाका सम्पुर्ण वडा कार्यलय, सामुदायिक बिद्यालय तथा स्वास्थ्य संस्था,वाढीपहीराे र खानेपानिकाे स्थलगत अनुगमन गर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेश) ले बताएका छन् ।

अध्यक्ष के सी का अनुसार शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि प्रत्येक विद्यालयको समस्या के के छ यसको समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानाध्यापक विव्यस शिक्षक सँग छलफल गरेको बताएका छन् । उनले थपे आफुले अनुगमन नगरि अरुले बढाई चढाई गरेको भरमा काम गर्दा पारदर्सि नहुने र शिक्षामा परिवर्तन ल्याउन नसकिने हुँदा आफै स्थलगत अनुगमनमा पुगेको केसिले बताए ।

गुणस्तरिय शिक्षाको लागि शिक्षकले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउदै शिक्षकले राजनितिमा नलागि आफ्नो कर्तव्यलाई ध्यान दिन निर्देशन दिएका छन् ।

विद्यालयमा भएका समस्या हरुकाे स्थायी समाधानकालागी गाउँ कार्यपालिकाको वैठकले तत्काल निकास दिने गरी निर्णय गरेर अगाडी वढ्ने समेत कुराकाे जानकारी दिएका छन् ।