प्र जि अ को नेतृत्व मा मतदान केन्द्र को अनुगमन

१० भदौ २०७९,कालिकोट

प्रतिनिधि र प्रदेश शभा निर्वाचन (२०७९ मंसिर ४ गते)लाई केन्द्रित गर्दै प्र जि अ श्री रामहरि शर्माकाे नेतृत्वमा तथा सुरक्षा निकायका प्रमुख (प्रनाउ श्री जयश्वर रिमाल, स प्र ना उ श्री मित्रलालश्रेष्ठ, प्र अ अ श्री राम अचल साह) सहित को सहभागितामा भदौ ९ गते मतदान केन्द्र अनुगमन गरीएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले वताएका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्मा का अनुसार तीलागुफा न पा वडा नं १,३ र ६ का मतदान केन्द्रकाे स्थलगत अनुगमन गर्नुको साथै ५-१२ वर्ष उमेर भित्रका बालबालिकाकाे काेभड-१९ विरूद्वकाे खाेप अभियानकाे तिलागुफा नगरपालिकाका खाेप केन्द्रहरूकाे अनुगमन तथा तीलागुफा नपाकाे आयाेजनामा संचालित दाेश्राे मेयर कप खेलकुद प्रतियोगिताकाे दाेश्राे दिनमा आतिथ्यता ग्रहण र खेलकुद प्रतियोगिता अवलोकन गरीको वताएका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्मा कालिकोट जिल्ला आइसके पछि हरेक कार्यालय का दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक र अर्धवार्षिक रूपमा प्रगति समिक्षा गरी रचनात्मक तथा सकारात्मक सुझाव दिनुका साथै थप प्रगतिका लागि अनुगमन लाई निरन्तरता दिएको हुदाॅ जिल्लामा हुने हरेक कार्यहरू प्रगतिका वाटो चुमिरहेको जिल्ला वासिको प्रतिकृया रहेको छ ।