नव निर्वाचित प्रतिनिधि सभा सदस्य शाहीले गरे डाँफे मावि मुम्राको भवन उद्घाटन ।।

कालिकोट

नव निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहिले डाँफे मावि मुम्राको भवन उद्घाटन गरेका छन । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार रहेर कालिकोट जिल्लावाट प्रतिनिधि सभामा विजयि भइसकेपछि मुम्रा पुगेर विद्यालयको भवन उद्घाटन गरेका हुन ।

कालिकोट जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको डाँफे माध्यामिक विद्यालयको २ वटा पक्कि भवन एकसाथ उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै नि वर्तमान प्रधानाध्यापक र विद्यार्थिले कक्षा ११ र १२ को पठन पाठन निशुल्क रुपमा हुने भनिएपनि त्यो कार्यन्वयन नभएको हुँदा संसदमा पुगेर यसका विषयमा आवाज उठाउन माग गरेका छन ।
यस्तै सान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसिले
आफुले यसै विद्यालयवाट अ आ सिकेर आज यो स्थानमा पुग्नु गर्भको कुरा रहेको वताए । विभिन्न चुनौतिलाई समाधान गर्दै आज उच्च शिक्षा दिन यहि विद्यालय सफल भएको बताउदै यश विद्यालयको शैक्षिक अबस्था सुधार गर्नका लागि र गुणस्तरिय शिक्षा लागू गर्नका लागि पालिकाले सम्पुर्ण सहयोग गर्ने प्रतिबद्दता जनाएका छन ।

आफु चुनावि मैदानमा होमिदा मुम्रा पुगेर आफुले जिते भने पहिला मुम्रा पुग्नेछु भनेर भनेको भचन पूरा गर्न पहिलो खुसि बाड्न र मतदातालाई धन्यवाद दिन आफु मुम्रा पुगेको प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहिले बताए । आफुलाई जुन विस्वास गरेर कालिकोट बासिले आफुलाई आज जिताएका छन त्यसको प्रतिफल पाउने गरि आफुले आफ्नो कार्यकालमा काम गर्ने उनले बताए ।

उनले भने , कालिकोट जिल्लाकै नमुना विद्यालय हो यो । हेर्दा पनि काठमाडौँको बोर्डिङ स्कुल जस्तै लाग्छ । तर यश भित्र पनि थुप्रै समस्या छन । फिल्ड र भवनको अझै अभाव छ । भौतिक पुर्वाधारका समस्या , शिक्षकको समस्या समाधान गर्नका लागि म कटिबद्द छु । तर यहाँको व्यवस्थापन र पठन पाठनमा सुधार ल्याउने जिम्मा तपाईहरुको हो । वाहिरको वातावरण चिटिक्क पारेर मात्रै हुदैन यसमा सबैले मेहनत गर्न जरुरि रहेको बताउनु भयो । यहि विद्यालयमा पढेका विद्यार्थिले भोलि उच्च पदमा र स्थानमा पुगेको देख्न पाउने गरि प्रतिफल दिनु पर्ने बताए ।

डाँफे मावि मुम्रालाई जिल्लाकै नमुना विद्यालय वनाउने प्रतिवद्दता जनाएका छन । प्रतेक विद्यार्थिको वैङकमा खाता खोल्न लगाउने समेत बताए । पढ्दै कमाउदै शिक्षा लागू गर्ने कुरामा आफु कटिवद्द रहेर काम गर्ने बताए ।

४ कोठे भवन ४० लाख र ३ कोठे भवन ३५ लाख लागतमा २ वटा भवन निर्माण कार्य सम्पन्न भएको प्रधानाध्यापक हिरामणि सिम्खाडाले जानकारि दिएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दर्व तिरुवाको अध्यतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नव निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहि रहेका थिए भने विशिष्ट अतिथिमा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहि, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसि अतिथिमा नेकपा माओवादि केन्द्र कर्णाली प्रदेस कमिटि सदस्य मिठ्ठु बम शाहि शेलजा नेपाली काग्रेसका नेता दान बहादुर बम वडा अध्यक्ष शिक्षा प्रेमि लगायत आम नागरिकहरुको सहभागिता रहेको थियो ।