सान्नी त्रिवेणी गाउँपालिकाका आधारभुत विद्यालयमा ईन्टरनेट जडान गरिने ।।

कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकामा रहेका सबै आधारभुत विद्यालयमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा जडान गरिने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौँ र सान्नी त्रिवेणी गाउँपालिकाको समझदारीमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा विस्तारका लागि समझदारी भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए ।

सान्नी त्रिवेणी गाउँपालिकामा रहेका २१ वटा आधारभुत विद्यालयमा उक्त सेवा विस्तार गरिने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौँका प्रमुख र सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । ब्रोडब्यान्ड ईन्टरनेट जडानमा लाग्ने लागत अनुदान पनि दुरसञ्चा प्राधिकरण व्यहोर्ने गाउँपालिका अध्यक्ष केसीले बताए ।

शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि र गुणस्तरिय शिक्षा लागु गर्नका लागि पनि आधारभुत तहमा ईन्टरनेट सेवाको आवश्यकता रहेको उनले बताए । अहिलेको आधुनिक यूगमा ईन्टरनेट मार्फत देश विदेशका कुराहरु हेर्न र अध्ययन गर्न पाउने भएको हुँदा आधारभुत तहको पठन पाठनमा सहजता ल्याउनका लागि पनि ईन्टरनेट सेवाको आवश्यकता रहेको अध्यक्ष केसीले बताए ।
अध्यक्ष केसीले भने, विद्यार्थिको भविस्य निर्माण गर्ने आधारभुत तह हो । आधारभुत तह नै बलियो भएन भने उच्च शिक्षा हासिल गर्न थुप्रै चुनौति खेप्नु पर्छ । आधारभुत तहलाई ब्यवस्थित बनाएर लैजानका लागि यो सेवाको थालनि गरिएको हो । अवको केहि समयमा नै प्राविधिक टोली पठाएर २१ वटै आधारभुत विद्यालयमा ईन्टरनेट सेवा विस्तार गर्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ ।