दलित क्रान्तिको संखघोष, दलित अधिकारका लागी राष्ट्रिय जागरण अभियान शुरु

२१ माघ २०७९, काठमाडौ

दलित समुदायमा भएको व्याप्त जातिय भेदभावका विरुद्ध अरुको लागी प्रयोग भयौ पटक पटक, आफ्नो लागी उठौ एक पटक भन्ने मुलनाराका शाथ दलित समुदायको प्रतिनिधित्व विहिन सरकार गठनका विरुद्ध तथा दलित अधिकारका लागी दलित युवाहरुको प्रतिनिधित्वमुलक अन्तरक्रिया तथा प्रथम राष्«िटय भेलाको आयोजना गरी दलित क्रान्ति संखघोष गरीएको छ ।

नेपालको सम्वैधानिक व्यावस्था तथा कानुन तह दलित समुदाय लाई भेदभाव गर्न पाइने छैन तथा यदि जातकै आधारमा विभेद गरेको पाइएको खण्डमा पनि जातिय भेदभाव गरेको ठहर्ने छ भन्ने कुरा उल्लेख गरेता पनि दलित समुदायमा जातकै आधारमा तमाम जातिय विभेदका घटना घटीसकेका र धेरै दलित समुदायका व्याक्तिहरुले ज्यान समेत गुमाउनु परेको र सरकारले नै दलित समुदाय विहिन सरकार गठन जस्ता कार्यहरु गर्न गएको हुदाँ दलित समुदाय को अधिकारका लागी दलित क्रान्तिको संखघोष गरीएको सहभागी भिम तिरुवाले जानकारी दिएका छन् ।

तिरुवाका अनुसार दलित समुदायलाई भोट वैकको रुपमा प्रयोग गर्ने शासकहरुका विरुद्ध तथा राज्य द्धारा निर्माण गरीएको सम्वैधानिक व्यावस्था तथा ऐन कानुन लाई कार्यन्वयन गर्ने निकायका विरुद्ध खवरदारी गरी कानुनी व्यावस्था लाई सहि तवरले कार्यन्वयन गर्न दलित अधिकारका लागी राष्ट्रिय जागरण अभियान शुरु गरीएको वताएका छन ।

उनका अनुसार दलित समुदायमा घटीरहेको जातिय विभेदका घटनाहरुको आवश्यक छानविन गरी पिडक लाई हदै सम्मको कानुनि कार्वाही गर्न तथा पिडित लाई समुचित न्याय प्राप्तीका लागी राज्यका विभिन्न संरचनामा भएको विभेदका विरुद्ध लडी समता मुलक समाज निर्माण गर्न अघि वढ्ने दृढ लक्ष्य समेत रहेको वताइएको छन ।