भारतीय विदेश सचिव क्वात्रा भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं आइपुगे

काठमाडौं, १ फागुन । भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।  दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबबार काठमाडौं आइपुगेका हुन् । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्रममा सहभागी हुनेछन  । पराराष्ट सचिबले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । 

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।