स्कटल्यान्डसँग नामिबियाको लज्जास्पद हार

काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जीत निकालेका हो । नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो । यो शृंखलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए ।

नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ