विप्लव पार्टिले मिटर ब्याजी र लघुवित्त वैंकलाई कार्वाही गर्ने

कालिकोट । विप्वल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिटर ब्याजी र लघुवित्त वैंकलाई कार्वाही गर्ने निर्णय गरेको छ । बिहिबार कालिकोटमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टिका केन्द्रिय सदस्य तथा कर्णाली राष्ट्रिय मुक्ति मोचाका संयोजक बिराटले मिटर ब्याजी र लघुबित्त वैंकले जनतामाथी चर्को ब्याज शोषण गरी जनताको उठिबास लगाएकाले त्यसका बिरुद्धमा संघर्ष तथा कार्वाही गर्ने पार्टिले निर्णय गरेको बताए ।

सो अवसरमा उनले महंगी कालोबजारी, भ्रष्ट्रचार, जातिय बिभेद, लैंगिक हिंसा, बालविवाह लगाएका बिषयमा पनि बिरोध प्रर्दशन गर्ने, सामाजिक बिकृति विसंगती, जाँडरक्सी, जुवातास, ब्यास्याबृति, मानव बेचबिखन तस्कारका बिरुद्ध संघर्ष गर्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको विसंगति बिरुद्ध निर्मम संघर्ष गर्ने, बैदेशिक हस्तक्षेत्रप अतिक्रमण एमसिसि एनसेल लगाएत राष्ट्रघाति सम्झौता बिरुद्ध संर्घस गर्ने, निर्णय गरिएको र यसलाई सर्शत लागू गरिने कुरामा जोड दिए ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज वलवान, पार्टिका केन्द्रिय सदस्य तथा निर्माण बिभाग प्रमुख अबिचल, जिल्ला सेक्रेटरी साहासी, जनपत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य कर्ण बिश्वकर्मा लगाएतका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सबै नेताहरुले पार्टीको निर्णय पूर्ण रुपमा लागू हुने कुारमा जोड दिए ।