गायक केदार बरुवाल क्षेत्रीले अष्ट्रेलियाबाट रिलिज गरेको ‘गाजलु’को चर्चा

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको गाजलु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
राजधानी आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको गाजलुमा गायक केदारकै शब्द तथा संगीत सृजना रहेको छ ।

श्याम श्वेत रसाइलीको मिक्सिगं तथा मास्टरिगं रहेको गाजलु आँफुले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त रहेको गायक बरुवाल बताउँछन् ।

यसअघि जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका गायक बरुवालको पछिल्लो र निकै नै आशा गरिएको गाजलुमा चर्चित नायिका वर्षा राउत र मोडल रोशन केसीको प्रेम रोमान्स देख्न सकिन्छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवाल गीत संगीतलाई भिन्न शैलीमा प्रयोगमा ल्याउन आँफुले रुचाउने बताउँछन् ।

जुन चिज हरेक संगीत प्रेमीहरुको मनमनमा बस्न सकोस् भन्ने उनको ध्यय हुन्छ । आफ्ना पुर्खाको जन्मघर म्यादी संगीतको खानी भन्न रुचाउने गायक बरुवालले अष्ट्रेलिया उड्नु अघि आफ्नो किशोरावस्था चितवनमा बिताए । चितवनमा नै रहँदा संगीतमा डुबेका गायक स्वयमकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको गाजलुलाई लक्ष्मी होमलोनले सहप्रायोजन गरेको छ ।