कालिकोट : समाजसेवी मानव बमले गरे रास्कोट नगरपालिकाका दुई बिद्यार्थीलाई आर्थिक सहयोग

काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिकाका दुई जेहेन्दार बिद्यार्थीलाई व्यबसायी तथा समाजसेवी मानव बमले आर्थिक सहयोग गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिकाबाट सामुदायिका बिद्यालयमा अध्ययन गरेका र एसईईमा उत्कृष्ट नतिजा ल्याएको आधारमा कमलराज बराल र एलिजा महतरालाई रास्कोट नगरपालिकाको क्षिक्षा शाखा र सम्बन्धित बिद्यालयको मूल्यांकनको आधारमा आएको प्रस्ताव अनुसार मानव बमले उक्त रकम उपलब्ध गराएका हुन् ।

उक्त रकम रास्कोट नगरपालिकामा सोमबारबाट सुरु भएको राष्ट्रपति रनिगं शिल्ड प्रतियोगीतको अवसर पारेर मेयर पोषण शाही, उपमेयर मणीराज बराल , प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, भूपू शिक्षक पृथ्वी बहादुर बम र कालाशिला माविका प्रअ शन्तराज शाहीको हातबाट हस्तान्तरण गरिएको हो । मानव बम सामाजिक अभियन्ता हुन् ।

सो अवसरमा नबिन बैँकले दुवै बिद्यार्थीलाई लगानी उद्यमशिलतासम्बन्धि ६ महिने तालिमका लागि प्रतिवद्धता जनाएको छ ।