बुद्ध एयरको जहाजमा चिल ठोक्किएर भुईमा खस्यो, पोखराका स्थानीयले खिचे भिडियो

काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बुद्ध एयरको उडिरहेको जहाजमा चरा ठोक्किएको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको र चरा भईमा खसेको भिडियो समेत बाहिरिएको छ । फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले अपलोड गरेको तस्विरमा जहाजसँग ठोक्किएको चरा चिल भएको बताइन्छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

भिडियोमा कमेन्ट गर्दै प्रयोगकर्ताहरुले धन्न जहाजलाई केही नभएको प्रतिक्रिया दिउका छन् । केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् । अर्का प्रयोगकर्ताले भनेका छन् ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ पोखरामा ल्याण्ड गर्न लागेको यती एयरको जहाज गत महिना दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।