आज नायक पल शाहको जन्मदिन , भन्नुहोस् शुभकामना

काठमाडौं । आज नायक पल शाहको जन्मदिन हो । सन् १९८९ फेब्रुअरी २२ मा दागंमा जन्मिएका पूर्णविक्रम शाह आजबाट ३४ वर्षमा लागेका छन् ।

जन्मदिनको अवसरमा उनलाई उनका सर्मथक, शुभेच्छुक, आफनत र सार्थीभाई बिहानदेखि बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबिच पलसँग निकट रहेकी र कैयौँ प्रोजेक्टहरुमा सहकार्य गरेकी नायिका पूजा शर्माले उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । पलसँगका आफ्ना तस्विरहरु पोस्ट गर्दै पूलाले भनेकी छिन् ह्याप्पी बर्थडे साथी ।

फिल्म नाई नभन्नु ल ४ , शत्रु गते, म यस्तो गीत गाउँछु जस्ता हिट फिल्मका हिरोले को होला त्यो, पानीसँग भागी भागी, लगायत कैयौँ हिट गीतका यी हिरो नाबालिका प्रकरणमा मुछिन पुगे । जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेपछि उनले सफाइ पाएका हुन् । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले ब लात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । नवलपुर अदालतले उनलाई ब ला त्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौ न दु र्व्यव हारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।