कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित गोरालवाडाकी १६ वर्षीय बालिका निरु विकको हत्या आरोपमा उनकै दुईजना आफन्त समातिएका छन् । निरु विक हत्या प्रकरण पेचिलो बन्दै गइरहेका बेला १८ महिनापछि हत्या आरोपमा दुई जना पक्राउ परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

विशेष अनुसन्धान अधिकृतहरूलाई खटाएर अनुसन्धान गदै आएको प्रहरीले १८ महिना पछि घटनामा सङ्लन्न रहेको पुष्टि गदै प्रहरीले निरु विकको अन्टी खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला बिक र सोही ठाउँका दाइ नाता पर्ने वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका वडा नं ३ ताडी बस्दै आएका अने नेपालीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले ७ महिनाको विशेष अनुसन्धान पछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
घटनामा सङ्लन्न भएका प्रशस्तै प्रमाण भेटिएपछि विस्तृत अनुसन्धानको लागी पक्राउ गरेको डिएसपी जयश्वर रिमाले बताए। घटनामा सङ्लन्न भएका प्रशस्तै प्रमाण भेटिएपछि विस्तृत अनुसन्धानको लागी पक्राउ गरेको डिएसपी जयश्वर रिमाले बताए। घटनामा सबै प्रमाण मेटिसकेकाले प्रहरीलाई तत्काल अनुसन्धान गर्न असहयोग पुगेको थियो।
यो घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले सुस्म अध्ययन गरिरहेको थियो। प्रहरीले आरोपितलाई गिरफ्तार गरेर पक्राउ परेपछि अव न्याय पाउने आसा पलाएको निरुका बुवा रत्ने विकले भावुक हुँदै बताए।