यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको १० पैसाले वृद्धि भएको छ ।बिहीबार यसको खरिदमूल्य १३२ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

बिहिबार युरोपियन युरोमा एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १६० रुपैयाँ ५७ पैसा पाइन्छ ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९० रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४१ पैसा तोकिएको थियो ।

त्यस्तै, बिहीबार साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाईन्छ ।

बिहीबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९२ पैसा रहेको छ ।यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १४ पैसा र बिक्रीमा १० रुपैयाँ १८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४५ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४१ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५१ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।