अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौँ -उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गर्नुभएको छ । सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्नुहुने जनाइएको छ । उहाँसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी हुनुुहुन्छ ।

जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कंनुहुने अर्थ मन्त्रालयले जनाएको छ ।