हामी वैज्ञानिक युगमा छौँ, बिद्यार्थी र अविभावकले चाहेजस्तो गुणस्तर र व्यबहारिक शिक्षा दिन प्रतिवद्ध छौँ : प्रिन्सिपल श्रेष्ठ

काठमाडौं । साना साना नानीहरुले राष्ट्रिय झण्डा उठाउँदै राष्ट्रिय गीत गाउँदा अविभावकहरुले आँखा तानी तानी स्टेजतिर हेरिरहेका थिए । चर्चित कलाकारहरु कन्सर्टमा जाँदा जसरी दर्शकहरुले हेर्छन् त्यसरी दर्शक दिर्घा हेरिरहेका अविभावकहरुले एकैसाथ ताली बजाउँछन् । प्रसंग हो टोखास्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको । जहाँ अविभावकको ताली बजिरँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका देखिन्छन् ।

जुन दृश्यले धेरैको ध्यान तानेको थियो । शनिबार माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको २४ औँ वार्षिक उत्सब तथा अविभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरे धुमधामका साथ मनाइएको छ । २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी आफ्नो नाम र शानका कारण पनि टोखामा स्थापित छ । २ दिन लगाएर धुमधामले आयोजना गरिएको वार्षिक उत्सब तथा अविभावक दिवसमा ठूलो संख्यामा अविभावकहरुको उपस्थिती रहेको थियो । करिब ७ सय बिद्यार्थीहरुले अध्ययन गर्दै आएको यस स्कुलमा अहिले ५२ जना शिक्षक शिक्षिका र कर्मचारीहरु रहेको प्रिन्सिपल गणेश श्रेष्ठले जानकारी दिए ।

प्रोफेसर समेत रहेका श्रेष्ठका अनुसार वार्षिक उत्सब तथा अविभावक दिवसमा बालबालिकाहरुले वर्षभरीमा पढेका, सिकेका र जानेका सबै कुराहरुलाई मञ्चन गर्दाको माहोल निकै उत्साहाजनक थियो । प्रिन्सिपल श्रेष्ठले गतवर्षदेखि माउन्ट ग्लोरीमा अन्तराष्ट्रिय स्तरको फ्रेन्सचाइजसहित मन्टेश्वरी पनि संचारलनमा आएको बताए । उनले भने हामी वैज्ञानिक युगमा छौँ ।

बिद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको माग अनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्र्धती अनुसार स्कुल अघि बढ्ने कुरामा प्रिन्सिपल श्रेष्ठ प्रतिवद्ध छन् । सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रमकै अवसरमा माउन्ट ग्लोरीमा नै अध्ययनरत बिद्यार्थीहरुले सिगिंङ सुपरस्टारको फाइनलमा समेत आफ्नो प्रस्तुती दिए ।

जसमा कक्षा ८ मा अध्ययनरत छात्रा सारा राई सिनियरतर्फ प्रथम भइन् भने जुनियर तर्फ श्रेयान्स पुडासैनी प्रथम भए । पुडासैनी कक्षा ४मा अध्ययनरत छन् । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको छ ।

विद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतिहरुलाई व्यवहारमा उतार्ने कामहरु समय–समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा विद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आफूहरुले पछिल्ला दिनमा यस्तो अभ्यासलाई बढी जोड दिएको संगीतका गुरु तथा गायक सञ्जिव पुडासैनीले जानकारी दिए । ४ वटा विद्यालयमा आफूले म्यूजिकका कक्षाहरु लिँदै आएकोमा माउन्ट ग्लोरीले पछिल्ला दिनमा एक्स्ट्रा करिकुलम एक्टिविटिज (ईसीए) गतिविधिहरुलाई अझै जोड दिएकोमा आफू निकै खुशी भएको उनी बताउँछन् ।

२०५५ सालमा स्थापना भएको स्कुलमा शुक्रबार सयौँको संख्यामा अविभावकहरुको उपस्थिति थियो । स–साना विद्यार्थीहरुले पाका र परिपक्व मानिसहरुले जसरी विभिन्न गतिविधिहरु देखाइरहँदा अविभावकहरु पनि खुशी देखिन्थे । बालबालिकालाई उत्प्रेरणा दिँदै हाल आफ्नै भवनमा सञ्चालनमा आएको विद्यालयभित्र परिवार मैत्री वातावरण रहेको अविभावक दिवसमा उपस्थित अविभावकहरुले बताए । स्कुलले नियमितरुपमा नै यस्ता किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको विद्यालय प्रशासनका प्रमुख चिज कुमार गुरुङ बताउँछन् ।

यही स्कलमा अध्ययन गरिसकेका पूर्व बिद्यार्थीहरु आयुश घलान अहिले एन्फाबाट अन्तर्राष्ट्रिय फुटबल खेलीरहेका छन् भने डाक्टर गरिमा श्रेष्ठले स्कुलको नामलाई नै थप उचाईमा पुर्याउने काम गरेकी छिन् । डाक्टर गरिमा श्रेष्ठ अस्पताल कम, विद्यालय र गाउँ क्षेत्रमा बढी देखिने डाक्टर हुन् ।

पोखराको मनिपाल टिचिङ हस्पिटलबाट एमबिबिएस पढेकी उनी बिरामी जाँच्नुभन्दा उनीहरूलाई स्वस्थ रहने ज्ञान दिने अभियानमा व्यस्त छिन्। प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्‍याउनुपर्ने आवश्यकता उनको अभियानको मुख्य विषय हो।

‘सी’ नामक संस्थामार्फत् उनले यो अभियान अघि बढाइरहेकी छिन्। गरिमा संस्थामार्फत् महिनावारी अव्यवस्थित रहेका क्षेत्रमा ज्ञान र चेतना बाँड्छिन्। साथै ती क्षेत्रमा पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गर्दै आएकी छिन्।