आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी नपाएको झोकमा बालेनले गरे स्टन्ट, त्यसपछि लेखे स्टाटस

काठमाडौं, फागुन १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँबासीहरुको औधी माया पाए । जनताको मायाले नै पहिलो पटक काठमाडौं महानगरपालिकाले स्वतन्त्र मेयर पायो । तर बेला बेलामा स्टन्ट गर्न माहिर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्न भ्याएका छन् ।

उनले मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन भनेर लेखेको स्टाटस अहिले चर्चाको विषय बनिरहेको छ । बालेनको सचिवालयका सदस्य कुमार व्यञ्जनकारका अनुसार केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न असहयोग गरी मेयर पदबाट राजीनामा दिन बाध्य पार्न खोजिएको दाबी गरेका छन् । उनका अनुसार बालेनले २०-२५ दिनदेखि नेपाल सरकारसँग चार-पाँच वटा कुरामा सहकार्य गर्न खोजिरहेका छन्।तर सरकारले कुनै पनि चासो व्यक्त नगरेको आरोप लगाए ।

अहिले प्रधानमन्त्री प्रचण्ड नै गृहमन्त्री भएको अवस्थामा उनले चाहाने हो भने धेरै काम गर्न सजिलो भएको बेलामा पनि राज्यबाट सहयोग नपाएको उनको गुनासो छ । बालेनले प्रधानमन्त्री र उनको सचिवालयले समेत आँफुलाई असहयोग गरेको गुनासो गर्दै आइरहेका छन् ।

काठमाडौंको मेयर जस्तो मान्छेले आफूलाई सुरक्षा चाहियो भन्दा नदिएपछि आक्रोशमा उक्त स्ट्याटस लेखेको बालेनको सचिवालयका सदस्य कुमार व्यञ्जनकारले रहस्य खोलेका छन् । मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने र बालेनलाई ज्यान मार्ने धम्की दिएकाहरु अहिलेसम्म नसमातिएका कारण उनलाई जोखिम भएको सचिवालले जनाएको छ । को चर्चा भएको थियो ।