बैज्ञानिक समाजवादी पार्टी अब आम आदमी पार्टी, अध्यक्ष प्रभु साह

काठमाडौं, १५ फागुन । प्रभु साह नेतृत्वको पार्टी आम आदमी पार्र्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगले संघीय संसद सचिवालाई लेखोको पत्र अनुसार गत पुस ३० गते सो पार्टी आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले सो पार्टी आयोगमा दर्ता भएको जानकारी हालै संसद सचिवालयलाई पठाइएको छ । ‘बैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नम्बकर १६८ मा दर्ता भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको’ भन्दै आयोगले संसद सचिवालयमा पत्राचार गरेको छ।