राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण

काठमाडौं, १८ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज प्रशिक्षण हुदैँछ ।
रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण्मा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुनेछन ।

कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेबाट सो प्रशिक्षण सुरु हुनेछ । सो प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी्, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रि समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछन् ।