सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं, १८ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोबिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।