सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर निर्वाचित

भैरहवा, २१ फागुन । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औ साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मतदान प्रक्रियाका लागि २ हजार १ सय ९३ जना मतदाता रहे पनि १ हजार ८ सय २८ मतदान भएको थियो । ४२० मतान्तरले विजयी बनेका श्रेष्ठको प्रतिद्वन्द्वीको रुपमा विजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

२९ पदका लागि ४६ जना उम्मेदवार रहे पनि केही पदबाहेक सबै पदमा मतदान भएको थियो । पदाधिकारी तर्फ संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, वाणिज्य तर्फको उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्ष तर्फ दिलीप कुमार कान्दु, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्वाचित भएका छन् ।

कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने र कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए ।