सुनको भाउ ताेलामा ३०० रुपैयाँ घट्यो

काठमाडौं, २३ फागुन । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।

संघका अनुसार मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार १ हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।