रापप्रा केन्द्रिय कार्यसम्पाद समितिको बैठक बस्दै

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ ।