विदेशी विनिमयदरः अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।-आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ । आज युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९ पैसा कायम गरिएको छ । मंगलबार भने युरोको खरिदमूल्य १३९ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८३ पैसाले यसको मूल्य घटेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८पैसामा कारोबार भएको थियो ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ। मंगलबार भने क्यानेडियन डलरको खरिदमूल्य ९६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ५८ थियाे ।

कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।

उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २४ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तोकिएको छ।

आज बहराइन दिनार भने एकको खरिददर ३४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३८ पैसामा किनबेच हुनेछ ।