आज लगनगाँठो कस्दै नायिका सुरक्षा पन्त

काठमाडौं । नायिका सुरक्षा पन्तले आज प्रेमी तथा अभिनेता मानव सुवेदीसँग लगनगाँठो कस्दै छिन् । बुधबार इन्गेजमेन्ट गरेकी सुरक्षा पन्तले फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ या जोडीले आज चितवनको सौराहामा विवाह गर्दैछन् ।

६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले आज विवाहमा परिणत गर्न लागेका हुन् । बुधबार इन्गेजमेन्ट गरे लगत्तै सुरक्षाले खुशी हुँदै स्टाटस लेखेर आफ्ना फ्यानहरुलाई जानकारी गराएकी थिइन् ।

आफ्नो इन्गेजमेन्टको तस्विर पोस्ट गर्दै उनले खुशी व्यक्त गरेकी थिइन् । सार्वजनिक तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

अझै पनिबाट चलचित्रमा डेव्यू गरेकी नायिका सुरक्षाले धनपति, भैरे, रोमिया एनड मुना, चंगा चेट, गोपी जस्ता फिल्मका अलावा कैयौँ म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । त्यस्तै मानवले फिल्म ‘अन्तराल र चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।