इंग्लिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर सिटीले निकाल्यो जित

काठमाडौं, २८ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि झिनो जीत निकालेको छ ।सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

दोस्रो हाफको ७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउल गरेपछि पाएको पेनाल्टीलाई
हालान्डले सदुपयोग गरे पछि सिटी विजयी भएको हो ।सिटीको २६ खेलमा ६१ अंक छ भने क्रिस्टल प्यालेस २७ अंकसहित १२औं स्थानमा छ ।