१ हजार ७०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, २८ फागुन । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायीी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ । यसैगरी आइतबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।