राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् ।सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानु अघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् । उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए ।