एक प्रकरणमा जेल बसेर बाहिर निस्किएका नायक पल शाह जान थाले सार्वजनिक कार्यक्रममा

काठमाडौं, १ चैत । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् ।