अमेरिकी डलरकाे भाउ बढ्दा युरोको भने घढ्यो

काठमाडौ, २ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य पनि १७ पैसाले बढेको छ । अघिल्लो पनि दिन करिब एक रुपैयाँले बढेको थियो। राष्ट्र बैंकका अनुसार बिहीबारको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ।यसअघि बुधबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

बिहिबार लागि एक युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले घटेको हो। बुधबार यसको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा थियो ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४० पैसा पाइन्छ। बिहीबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँमा २७ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ। यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा पाइन्छ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।