नेपाललाई तेस्रो सफलता, युएईका सिपी रिजवान आउट

काठमाडौं, २ चैत : आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा तेस्रो विकेट आशिफ सेफले लिएका छन् ।

भिम सार्कीको थ्रोमा आशिफले रन आउटको रुपमा तेस्रो विकेटको पतन गराउन सफल भएका हुन् । युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए। यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहँदा पहिलो विकेट स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन् भने दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट भएपछि केही दबाबमा रहेको यूएईविरुद्धको खेल निकै रोमाञ्चक बनिरहेको छ ।